News एनआरटीको जितमा दर्शनको ‘डबल स्ट्राईक’
गोलनेपाल

काठमाडौं । दर्शन गुरुङ नायक बनेको खेलमा सोमबार ए डिभिजन लिगतर्फ न्युरोडटिम (एनआरटी) ले जावलाखेलले युथ क्लबमाथि २–० को उत्कृष्ट जित हात पारेको छ ।

दशरथ रंगशालामा सम्पन्न नवौं चरणको अन्तिम खेलमा एनआरटीका लागि दुवै गोल दर्शन गुरुङले गरे । खेलको ६९ र ७३औं मिनटमा दर्शनले दुवै गोल गर्दै एनआरटीलाई महत्वपूर्ण तीन अंक दिलाए । खेलमा दर्शन नै म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी पनि प्राप्त गरे ।

यो जितसँगै ९ खेलबाट १३ अंक जोडेको एनआरटी लिगतालिकाको छैठौं स्थानमा पुगेको छ । उता पराजित जावलाखेल भने ८ अंकका साथ लिगतालिकाको दशौं स्थानमा रहेको छ ।

Post Comments