News एएफसी कपमा मच्छिन्द्रलाई श्रीलंकन च्याम्पियनको चुनौति
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित एएफसी कप खेल्ने पक्का भएको नेपालको लिग च्याम्पियन मँिच्छन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनौटतर्फ पहिलो राउण्डमा श्रीलंकन सुपर लिग च्याम्पियन ब्लुस्टार एससीसँग खेल्ने तय भएको छ ।

मच्छिन्द्र र ब्लुस्टारबीचको त्यो खेल ५ अप्रिलका दिन हुनेछ । जुन खेल दशरथ रंगशालामा हुने बताइएको छ । प्रारम्भिक छनौटतर्फ पहिलो राउण्डकै अर्को खेलमा माल्दिभ्सको क्लब भ्यालेन्सिया र भुटानको पारो एफसी भिड्ने कार्यक्रम पनि छ । जुन खेल पनि ५ अप्रिल कै दिन हुनेछ ।

प्रारम्भिक छनौटको पहिलो राउण्डमा जित हात पारे मच्छिन्द्रले दोस्रो राउण्डमा चर्चित भारतीय सुपर लिग क्लब एटिके मोहन बगानसँग १२ अप्रिलका दिन खेल्नेछ । त्यो खेलमा पनि जित हात पार्न सके मच्छिन्द्रले १९ अप्रिलका लागि दिन प्ले अफ खेल्न पाउने छ ।

प्ले अफमा पनि जित निकाल्न सके मच्छिन्द्र एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ । एएफसीले निकालेको ड्र अनुसार प्ले अफपछि मच्छिन्द्रले समुह डी मा रहेर प्रतिस्पर्धा गर्नेछ । जहाँ मच्छिन्द्रको प्रतिद्वन्द्वी गोकुलम केरला (भारत), बसुन्धरा किंग्स (बंगलादेश) र माजिया (माल्दिभ्स) हुनेछन् ।

समूह चरणका खेलहरु हुने मिति भने पछि तोकिने एएफसीले जनाएको छ ।

Post Comments