News मायादेवीलाई ल्होसार माघी कपको उपाधि
सुरज राना मगर

सुनवल । ल्होसार माघी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि मायादेवी फुटबल क्लबले जितेको छ ।

सुनवल–१० गैंडाखाल स्थित मनकामना रंगशालामा भएको फाइनल खेलमा मायादेवीले सुनवल एफसीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जितेको हो ।

विजेता बनेको मायादेवीले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्यो भने उपविजेता सुनवल एफसीले १ लाखमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी जिल्ला खेलकुद समिति, नवलपरासीका उपाध्यक्ष शंकर भण्डारी लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

मनकामना युवा क्लब, सुनवल–१०, गैंडाखाल, नवलपरासीको आयोजनामा गत पौष २१ गतेदेखि प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments