News इस्ट बंगालका लागि गोवा जाँदै अनन्त
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार डिफेन्डर तथा थ्रीस्टार क्लबका उपकप्तान अनन्त तामाङ बुधबार इस्ट बंगाल क्लबमा आवद्ध हुन गोवा जाँदैछन् ।

स्मरण रहोस, अनन्तले इस्ट बंगालका लागि चर्चित इण्डियन सुपर लिग खेल्नेछन् । नेपाली फुटबलको इतिहास मै आइएसएल खेल्ने अनन्त पहिलो खेलाडी पनि बन्ने छन् ।

थ्रीस्टार क्लबले मंगलबार नै एक कार्यक्रमको आयोजना गरि अनन्तको विदाई गरेको थियो । उनी बुधबार १ बजेको फ्लाईटमा नयाँ दिल्ली हुँदै गोवा पुग्ने छन् । इस्ट बंगालले उनलाई आज नै आधिकारिक रुपमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

इण्डियन सुपर लिगमा यस सिजन खराब लयमा रहेको इस्ट बंगालले १७ खेलबाट १० अंक मात्र जोड्दै लिगतालिकाको दशौं स्थानमा छ । साथै लिगमा इस्ट बंगालले अब मुम्बई सिटी, नर्थइस्ट युनाइटेड र बैंगलुरु एफसीसँग खेल्न बाँकी छ ।

Post Comments