News एनआरटीसँग मनाङ स्तब्ध
गोलनेपाल

काठमाडौं । पछिल्लो खेलहरुमा आफ्नो स्वभाविक लय गुमाएको मनाङ मस्र्याङ्दी क्लबले ए डिभिजन लिगमा आइतबार अर्को हार बेहोरेको छ । दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा मनाङले न्युरोडटिम (एनआरटी)सँग १–० को हार बेहोर्न बाध्य बनेको हो ।

खेलको २६औं मिनटमा मेसुकोले गरेको एक मात्र गोल एनआरटीलाई महत्वपूर्ण जित दिलाउन निर्णायक बन्यो । यो जितसँगै १२ खेलबाट २० अंक जोडेको एनआरटीले मनाङसँगको अंक बराबरी गर्दै एक साथ दोस्रो स्थानमा आफ्नो पकड बनाएको छ ।

शिर्ष स्थानमा २९ अंक जोडेको मच्छिन्द्र रहेको छ । स्मरण रहोस, मच्छिन्द्रले यसअघि नै लगातार दोस्रोपटक लिग उपाधि जित्न सफल भईसकेको छ । अपराजित मच्छिन्द्रले शनिबार मात्र थ्रीस्टारलाई १–० ले हराएको थियो ।

Post Comments