News अन्ततः रेलिगेशनमा पर्यो बीबीसी
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) रेलिगेशनमा पर्ने दोस्रो टोली बनेको छ । लिगतर्फ सोमबार महत्वपूर्ण मानिएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ ले पराजित भएपछि बीबीसी बी डिभिजनमा घटुवा भएको हो ।

सोमबार बीबीसीमाथि ए डिभिजन मै ररिहन निश्चित रुपमा आफू अनुकुल नतिजा निकाल्नु पर्ने दबाबमा थियो । तर टोली त्यसमा सफल हुन सकेन । त्यो हारसँगै बीबीसी रेलिगेशनमा पर्ने दोस्रो टोली बन्न बाध्य भयो । स्मरण रहोस, यसअघि च्यासल पनि रेलिगेशनमा परिसकेको छ ।

सोमबारको नतिजापछि १२ खेलबट ७ अंक जोडेको बीबीसी १३औं स्थानमा रह्यो । र, रेलिगेशन क्षेत्रभन्दा बाहिरको टोली फ्रेण्डस भन्दा ३ अंकले पछि पर्यो । फ्रेण्डस भने यस सिजन जोगिएको छ । पुछारमा रहेको च्यासलको ६ अंक छ । त्यस्तै बीबीसीमाथि जित निकालेको सातदोबाटो १८ अंकका साथ पाँचौं स्थानमा छ ।

 

Post Comments