News पुलिस र एपिएफको बराबरी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा शुरुवाती अग्रता पुलिसले लिएको थियो । विपक्षी गोलरक्षक र रक्षापंक्तिले गरेको गल्तीको फाईदा उठाउँदै खेलको पहिलो मिनट मै सुमन लामाले पुलिसका लागि गोलको खाता खोलेका थिए ।

यद्यपि एपिएफले पनि पहिलो हाफ मै बराबरी गोल फर्कायो । पहिलो हाफ सकिन केही मिनट बाँकी छँदा एपिएफका लागि प्रदिप लामाले बराबरी गोल फर्काएका थिए ।

खेलमा एपिएफका राजन गुरुङ म्यान अफ द म्याच बन्दा प्रदिप लामाले इमर्जिङ प्लेयरको पुरस्कार जिते । यो नतिजापछि १२ खेलबाट एपिएफको १५ अंक भएको छ भने पुलिसले १२ अंक जोड्न सफल भएको छ ।

Post Comments