
सुन्दरबजार । सुन्दरबजार युवा क्लब, लमजुङको आयोजनामा यहि फागुन २१ गतेदेखि तेस्रो सुन्दरबजार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगितामा हुने भएको छ ।
लमजुङ कृषि क्याम्पस खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि यहि फागुन १९ गतेसम्म टिमदर्ता खुला गरिएको पनि आयोजकले जनाएको छ । टिमदर्ता शुल्क भने ७५०० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७० हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही ५–५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।
त्यसैगरी व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै प्रतियोगिताभरि खेल खेल्ने खेलाडी, अफिसियल सहित दर्शकहरुलाई अनिवार्य खोप कार्ड ल्याउन पनि आयोजकले अनुरोध गरेको छ ।