News खप्तड गोल्डकपमा विजयी शुरुवात गर्दै मनाङ सेमिफाइनलमा
गोलनेपाल

धनगढी । प्रतियोगितामा बाई पाएर उद्घाटन कै दिन क्वाटरफाइनल खेलेको मनाङ मस्र्याङ्दी क्लब रोमाञ्चक जितका साथ पाँचौं मुख्यमन्त्री खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा मनाङले पाहुना टोली दिल्ली फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको २७औं मिनटमा कृष्णको गोलबाट शुरुवाती अग्रता लिएको दिल्लीले त्यसलाई अन्तिम स मयमा गुमाउन पुग्यो ।

मनाङका लागि ७८औं मिनटमा अन्जन बिष्टले बराबरी गोल फर्काए भने त्यसको दुई मिनट लगतै बिमल रानाले दोस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

प्रतियोगिता अन्तरगत फागुन २० गते शुक्रबारको खेल बागमती युवा क्लब र न्युरोडटिम (एनआरटी) बीच हुने आयोजकले जनाएको छ । सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढी, कैलालीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन २८ गतेका दिन हुने आयोजकले जनाएको छ ।

Post Comments