News संगमलाई गोरखा मेयर भेट्रान्स कपको उपाधि
गोलनेपाल

दलभञ्ज्याङ । चौथो फुटबल मेला अन्तरगत गोरखा मेयर भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि संगम भेट्रान्स पोखराले जित्न सफल भएको छ ।

गोरखा नगरपालिका–९ दलभञ्ज्याङ स्थित आयोजक द ओसन क्लबको खेलमैदानमा भएको फाइनल भिडन्तमा संगम भेट्रान्सले बत्तीस पुतली युथ क्लब अफिसियल टिम, काठमाडौंलाई ९–३ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेत ाबनेको संगम भेट्रान्स, पोखराले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता बत्तीस पुतली युथ क्लब अफिसियल टिम, काठमाडौंले नगद ५० हजारमा चित्त बुझाउन बाध्य बन्यो ।

द ओसन क्लब, गोरखा–९, दलभञ्ज्याङको आयोजनामा गत फागुन १६ गतेदेखि शुरु प्रतियोगितामा ४० वर्ष उमेर पुगेका विभिन्न १२ जिल्लाका १६ टिमहरुको सहभागिता रहेको थियो ।

 

Post Comments