News
संगमलाई गोरखा मेयर भेट्रान्स कपको उपाधि
दलभञ्ज्याङ । चौथो फुटबल मेला अन्तरगत गोरखा मेयर भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि संगम भेट्रान्स पोखराले जित्न सफल भएको छ ।
गोरखा नगरपालिका–९ दलभञ्ज्याङ स्थित आयोजक द ओसन क्लबको खेलमैदानमा भएको फाइनल भिडन्तमा संगम भेट्रान्सले बत्तीस पुतली युथ क्लब अफिसियल टिम, काठमाडौंलाई ९–३ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
विजेत ाबनेको संगम भेट्रान्स, पोखराले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता बत्तीस पुतली युथ क्लब अफिसियल टिम, काठमाडौंले नगद ५० हजारमा चित्त बुझाउन बाध्य बन्यो ।
द ओसन क्लब, गोरखा–९, दलभञ्ज्याङको आयोजनामा गत फागुन १६ गतेदेखि शुरु प्रतियोगितामा ४० वर्ष उमेर पुगेका विभिन्न १२ जिल्लाका १६ टिमहरुको सहभागिता रहेको थियो ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन