News ड्याफोडिललाई फुटसलको उपाधि
गोलनेपाल

काठमाडौं । “आठौं संस्करणको बिद्यासंस्कार अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७८” को उपाधी ड्याफोडिलले उचालेको छ । ड्याफोडिलले एस स्कुल माथि ४ – ३ गोल अन्तरले पराजित गर्दै ट्रफी उचालको हो ।

विजेता बनेको ड्याफोडिलले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो । त्यस्तै उपबिजेता एस स्कुलले नगद १० हजार सहित, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो ।

जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउण्डेशन अन्तर्गत विद्यासंस्कार स्कुलको खेलकूद विभागको आयोजनामा भएको प्रतियोगिताका विजयी टीम र खेलाडीलाई बागमती प्रदेशको उर्जा, खानेपानी तथा सिँचाई मन्त्री बसन्त मानन्धरले नगद, ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।

सो प्रतियोगितामा एस स्कुलका राजु श्रेष्ठ उत्कृष्ट खेलाडी, सोही स्कुलका शशि रिमाल र ड्याफोडिल स्कुलका रोशन पन्त सवार्डधिक गोलकर्ता, न्यू जेनिथ स्कुलका अजित महर्जन उत्कृष्ट फरवार्ड, आयोजक विद्या संस्कार स्कुलका प्रणय मोक्तान मस्ट इन्स्पायरिङ्ग खेलाडी, ड्याफोडिल स्कुलका मिंगमा शेर्पा उत्कृष्ट व्यवस्थापक र सेन्ट जेभियर्स स्कुलले फेयर प्लेको उपाधि जित्यो ।

प्रतियोगिताका अन्य विजयी खेलाडी, अफिसियललाई माधव केसी र सहदेव श्रेष्ठ तथा सञ्चारकर्मीलाई विद्या संस्कार स्कुलका सञ्चालकहरु सुरेश अधिकारी, राजेश अधिकारी तथा शैक्षिक एवम् प्रशासन प्रमुख प्रणय मोक्तानले पुरस्कार वितरण गरेका थिए । समारोहमा मन्त्री मानन्धरलाई विद्यालयको तर्फबाट विद्या संस्कार स्कुलका सञ्चालकहरु सुरेश अधिकारी र राजेश अधिकारीले प्रशसांपत्रद्वारा सम्मान गरेका थिए ।

विद्या संस्कार स्कूलको खेलकूद विभाग प्रमुख राजन न्यौपानेका अनुसार आठौं संस्करणको प्रतिोयोगितामा काठमाण्डौ र ललितपुरका गरि १२ वटा विद्यालयका खेलकूद शिक्षकले भाग लिएका थिए । जसअनुसार न्यू एरा स्कुल, न्यू जेनिथ स्कुल, ड्याफोडिल स्कुल, साइपाल एकेडेमी,एस स्कुल,एन्जल हार्ट स्कुल,एजिएम स्कुल, रिब्स स्कुल, द एक्सेल्सर स्कुल, प्रिमियर स्कुल, सेन्ट जेभियर्स स्कुल गोदावरी र आयोजक विद्या संस्कार स्कुल जोरपाटी, अत्तरखेल रहेका छन् ।

Post Comments