News मुक्कुसाम्बा गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

पाँचथर । फाल्गुन २१–पाँचथरको फिदिम नगरपालिका– १० मा आयोजना हुने तेस्रो सँस्करणको क्लव स्तरिय मुक्कुसाम्बा गोल्डकप फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

यहि फाल्गुन २४ देखि २८ गतेसम्म सञ्चालन हुने गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको हो । खेल थाम्सुहाङ सेवा समाज गाउँ इकाइ याङनामको. आयोजना खलङगाटारमा रहेको इमानसिं रंगशालामा सञ्चालन हुनेछ ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार फागुन २४ गते हुने उद्घाटन खेलमा आयोजक रातोले त्रिवेणी क्लव रानिटारको सामना गर्नेछ । दोस्रो दिन फागुन २५ गते आयोजक निलोले सिदेन क्लवसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेल व्वाइन युनियन फालेलुङले सामुदायिक क्लव झापाको सामना गर्नेछ । सोहि दिनको तेस्रो खेलमा तिजोक युवा क्लव नवमिडाँडा र माइभ्यालि क्लव इलामविच प्रतिस्पर्धा हुनेछ ।

२६ गते आयोजक रातो र त्रिवेणी क्लव रानिटार विच हुने खेलको विजेताले कम्मायक स्पोर्टिङ क्लवको सामना गर्नेछ । सोहि दिनको दोस्रो खेलमा २५ गते हुने आयोजक निलो र सिदेन क्लवविचको विजेताले राइज क्लव आठराई तेह्रथुमको सामना गर्नेछ । २७ गते २ वटा सेमिफाइन खेल हुने आयोजक सँस्थाका अध्यक्ष वुद्ध थाम्सुहाङले जानकारी दिए ।

फाइनल खेल २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १ लाख ५० हजार रुपैँया र ट्रफि, मेडल र प्रमाण–पत्र प्रा्रप्त गर्दा उपविजेता ह्ुने टिमले नगद ८० हजार रुपैँया र ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई,जनही १०÷१० हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित लागत ८ लाख रुपैँया रहेको आयोजकले जानकारी दियो ।

 

Post Comments