News
लिगमा जितविहीन फ्रेण्डस

काठमाडौं । ब्राजिलियन खेलाडी र प्रशिक्षकलाई भित्राएर चर्चा कमाएको फ्रेण्डस क्लब जारी कतार एयरवेज ए डिभिजन लिगमा अझै जित विहीन छ ।
मंगलबार भएको पाँचौं चरणको आफ्नो खेलमा फ्रेण्डसले दोस्रो बराबरी खेल्यो । दशरथ रंगशालामा भएको खेलमा फ्रेण्डसले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
उता शेर्पा पनि जारी लिगमा जितविहीन छ । मंगलबारको नतिजापछि ५ खेलबाट शेर्पाको ३ अंक छ भने फ्रेण्डसको २ अ्रक छ । र, फ्रेण्डस र शेर्पा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
Post Comments