News साविक विजेता पिप्ले फाइनलमा
रमेश समदर्शी

बागमती । साविक विजेता पिप्ले युथ क्लब, हेटौडा यहाँ जारी छैठौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा पिप्लेले आयोजक बागमती युवा क्लबलाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाईब्रेकरमा विपक्षीको दुई पेनाल्टी प्रहार रोकेका पिप्लेका गोलरक्षक अनिष देउला म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत्र ११ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सुदुरपश्चिम–११ बीच हुने आयोजकले जनाएको छ ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चेत्र १३ गतेका दिन हुनेछ ।

Post Comments