News पुलिस फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने
रमेश समदर्शी

दमक । विभागीय टोली नेपाल पुलिस क्लब जारी दमक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै पुलिस फाइनलमा पुगेको हो ।

दमक स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको खेलमा पुलिसका लागि ५९औं मिनटमा म्यान अफ द म्याच समेत घोषित निर कुमार राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । पुलिसले अब उपाधिका लागि शुक्रबार मनाङ मस्र्याङ्दी क्लबसँग फाइनल खेल्नेछ ।

दमक नगरपालिका, नगर खेलकुद समिति तथा नगर फुटबल समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछ ।

Post Comments