News शिर्ष स्थानमा उक्लियो आर्मी
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ विभागीय टोली नेपाल आर्मी क्लबले साँघुरो तथा महत्वपूर्ण जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा बिहीबार भएको दोस्रो खेलमा आर्मीले सरस्वती युवा क्लबलाई १–० को झिनो अन्तरले हरायो । आर्मीका लागि पहिलो हाफको ३०औं मिनटमा जर्ज प्रिन्स कार्कीले एक मात्र निर्णायक गोल गरे ।

खेलमा आर्मीका युवा डिफेन्डर बिकास खवास म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ५ खेलबाट १२ अंक जोडेको आर्मी शिर्ष स्थानमा उक्लिएको छ । र, दोस्रो स्थानमा रहेको मनाङ भन्दा एक अंकले अगाडी छ ।

उता आफ्नो लगातार पाँचौ खेल हारेको सरस्वती भने अंकविहीन रुपमा पुछारमा छ ।

Post Comments