News वालिङ भेट्रान सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । शानदार जितका साथ वालिङ भेट्रान, स्याङ्जा यहाँ जारी प्रथम भूपू सैनिक भेट्रान्स कप राष्ट्रिय सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको दोस्रो क्वाटरफाइनलमा वालिङले आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब (निलो) लाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

बुटवल १३ सालघारी स्थित जवई खेलमैदानमा भएको खेलमा वालिङका लागि मोति कुँवर, गणेश बगाले र चन्द्र बहादुर रानाले एक–एक गोल गरे । खेलमा वालिङका लक्ष्मण विश्वकर्मा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

रुपन्देही, नवलपरासी, चितवन, स्याङजा र कपिलवस्तुका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख १ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष गोपीराम पुनले जानकारी दिए ।

Post Comments