News वालिङलाई द ओसन कपको उपाधि
गोलनेपाल

दलभञ्ज्याङ । हिल्ली फिल्डर्स गोर्खा एफसी सातौं ओसन कप यु–१३ फुटबल प्रतियोगिताको उपाधि वालिङ युनाईटेड एफसीले जितेको छ । द ओसन क्लबको टर्फ मैदानमा सम्पन्न फाइनलमा अल स्टार एफसीलाई ५–३ ले हराउँदै वालिङ च्याम्पियन बनेको हो ।

विजेता बनेको वालिङले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता अल स्टारले १० हजारमा चित्त बुझाउन बाध्य बन्यो । वालिङ ककै खुम बहादुर सारु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै महालक्ष्मी माविका मन्दिप सिरमल उदियमान खेलाडी घोषित भए ।

अल स्टारका अमिर गुरुङ उत्कृष्ट गोलरक्षक बन्दा नव जन जागृति युवा क्लबका अन्जल अधिकारी उत्कृष्ट डिफेन्डर घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका खेलाडीहरुले पनि आकर्षक पुरस्कार प्राप्त गरेको आयोजक द ओसन क्लब, दलभञ्ज्याङ, गोरखाका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।

 

Post Comments