News ए डिभिजन लिगः सरस्वतीलाई पहिलो अंक
गोलनेपाल

काठमाडौं । शुरुवातबाटै हारको सामना गरिरहेको सरस्वती युथ क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा पहिलोपल्ट अंक बटुल्न सफल भएको छ ।

दशरथ रंगशालामा भएको छैठौं चरणको खेलतर्फ सरस्वतीले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) सँग गोलरहित बराबरी खेल्दै अंक खोसेको हो । आफूले खेलेको पछिल्लो पाँच खेलमा लगातार हार बेहोरेको सरस्वतीलाई केही राहत भने मिलेको छ ।

६ खेलको समाप्ती पछि १ अंक जोडेको सफल अझै पनि रेलिगेशन क्षेत्रमै संघर्षरत छ । उता बीबीसीको भने ६ खेलबाट ७ अंक भएको छ ।

Post Comments