News दाङमा मिन स्मृति कप शुरु
गोलनेपाल

शान्तिनगर । मिन स्मृति कप गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता पश्चिम नेपालको दाङमा शुरु भएको छ । शान्तिनगर गाउँपालिका–२, सिमसुन्दरपुर, दाङ स्थित स्थानीय खेलमैदानमा शुरु प्रतियोगितामा ३ गाउँपालिकाका कुल ९ क्लबहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी नेपाली काँग्रेस दाङका सभापति शंकर डाँगी, आयोजक एफसी बाघमारे परिवारका अध्यक्ष रत्न बहादुर बिष्ट लगायतले गरेका थिए ।

यहि भाद्र २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक बिशाल बिष्टले जानकारी दिए ।

Post Comments