News इन्टर कलेज बिएसडब्ल्यु फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित शैक्षिक संस्था अर्किड इन्टरनेशनल कलेजको आयोजनामा यहि भाद्र २६ देखि २९ गतेसम्म एसएनएस इन्टर कलेज बिएसडब्ल्यु फुटसल प्रतियोगिता हुने भएको छ ।

एसएनएस ट्राभल्सको मुख्य प्रायोजन रहेको प्रतियोगितामा कुल १५ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

विजेता तथा उपविजेता टोलीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगितामा सहभागिता जनाउने टिम र उत्कृष्ट खेलाडीहरुलाई आकर्षक सहुलियत सहितको विभिन्न गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम समेत रहेको छ ।

 

Post Comments