News शुक्रबारदेखि प्रथम चिडियादह नकआउट फुटबल प्रतियोगिता
गोलनेपाल

चन्द्रपुर । चिडियादह स्टार क्लब र चिडियादह युवा समूह, चन्द्रपुर, रौतहटको संयुक्त आयोजनामा शुक्रबारदेखि प्रथम चिडियादह नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जानकारी दिएको छ ।

सोही अवसरमा आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक चिडियादह स्टार क्लब र इन्द्रेणी युवा क्लब भिड्ने छन् ।

चिडियादह स्टार क्लबको खेलमैदानमा हुने प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्नेछ भने उपविजेताले ७० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

 

Post Comments