News
शहिद ऋषिराज देवकोटा स्मृति कपमा चकमेकको जित
सिन्धुली । यहाँ जारी शहिद ऋषिराज देवकोटा ‘आजाद’ स्मृति कप फुटबल प्रतियोगितामा चकमेक युवा क्लबले जित हात पारेको छ । खेलमा चकमेकले छिन्नमस्ता बाहिनीलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
नव बथानचौडी युवा क्लब, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले ज नाएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि कार्तिक ५ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न