News कार्तिक ६ देखि शेरङ ज्यो कप
गोलनेपाल

मेलम्ची । बसेरी युवा क्लब, सिन्धुपाल्चोकको आयोजनामा यहि कार्तिक ६ देखि ८ गतेसम्म चौधौं शेरङ ज्यो कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

मेलम्ची–४, थकनी बसेरी, सिन्धुपाल्चोक स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भईसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि यहि कार्तिक ५ गतेसम्म टिमदर्ता गर्न सकिने आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क पनि ५,५०० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments