News हाङथुङ, रियल लसुने र सिर्जनाको जित
राजकुमार श्रेष्ठ

तामाफोक । हाङथुङ युवा क्लब, रियल लसुने एफसी र सिर्जना युथ क्लबले जारी १६औं गोधुली कप नकआउट फुटबल प्रतियोगितामा जित हात पारेका छन् । तुमोक खेलमैदानमा भएको पहिलो खेलमा हाङथुङले लालभित्ती फुटबल क्लब, मोरङलाई शून्यका विरुद्ध २ गोलले हरायो । हाङथुङको जितमा सुगम जिमी र बसन्त ओझाले गोल गरे ।

खेलमा हाङथुङका सुगम जिमी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे । यो जितसँगै हाङथु सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यस्तै दोस्रो खेलमा रियल लसुनेले इनरुवा एफसीलाई १–० ले हरायो । रियल लसुनेको जितमा जीवन मगरले एक मात्र गोल गरे । खेलमा पराजित इनरुवाका मुकेश घिमिरे म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा र्सिजना युथले न्यु युथ क्लबलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धातमक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ न्यु युथका लागि सोजन याक्खाले गोल गरेका थिए भने सिर्जनाका लागि विजय राईले गोल गरेका थिए । खेलमा मनोज परियार म्यान अफ द म्याच घोषित भए ।

जित हात पारेका तीन टोलीहरु सेमिफाइनलमा प्रवेश गरेका छन् । मिरमिरे युथ क्लब, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २५ गतेका दिन हुनेछ ।

Post Comments