News कञ्चन–११ सरावल अध्यक्ष कपको क्वाटरफाइनलमा
सुरज राना मगर

बसही । रोमाञ्चक जितका साथ कञ्चन–११ रुपन्देही यहाँ जारी पाँचौं सरावल अध्यक्ष कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सरावल–११, बसही, नवलपरासी स्थित बसही रंगशालामा भएको प्रिक्वाटरफाइनल खेलतर्फ कञ्चन–११ ले विपी स्मृति क्लब, माकरलाई ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा कञ्चन–११ का सुरज चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष १८ गते सोमबारको खेल अभिषेक चर्च, रजहर र जनज्योति क्लब, डिंगरनगरबीच हुने आयोजकले जानकारी दियो ।

सरावल गाउँपालिकाको आयोजना तथा बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष ३० गतेका दिन हुनेछ ।

Post Comments