News सामना र समाजसेवा अन्तिम चारमा
गोलनेपाल

बेशीशहर । सामना युथ क्लब र समाजसेवा क्लब, काठमाडौं यहाँ जारी ३०औं त्रिवेणी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम दुई टोली बनेका छन् ।

त्रिवेणी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा सामनाले साविक विजेता बुद्ध युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । सामनाका लागि बिपिन कंडेलले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा सामनाका मौसा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा समाजसेवाले नखिपोटलाई टाईब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेले । निर्धारित समयतर्फ समाजसेवाका लागि भरत शाहले गोल गरे भने नखिपोटका लागि अब्दुलाहले गोल गरेका थिए ।

खेलमा दुवै टिम दश खेलाडीमा समेत सिमित बन्न पुगेको थियो । विवादमा उत्रिएपछि रेफ्रीले समाजसेवाका अब्दुलाह र नखिपोटका आशिष सुनारलाई रातो कार्ड देखाएका थिए । सो खेलमा समाजसेवाका गोलरक्षक नविन सिलवाल म्यान अफ द म्याच घोषित भए ।

सेमिफाइनल अन्तरगत सोमबार सामनाले बागमती युवा क्लबसँग खेल्नेछ भने समाजसेवाले रडस रामपुरसँग भिड्नेछ । त्रिवेणी युथ क्लब, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष १९ गतेका दिन हुनेछ ।

Post Comments