News चौथो स्थानमा पुग्यो एनआरटी
गोलनेपाल

काठमाडौं । यस सिजन राम्रो प्रदर्शन गरिरहेको न्युरोडटिम (एनआरटी) कतार एयरेज शहिद स्मारक ए डिभिजन लिगतर्फ चौथो स्थानमा उक्लिएको छ ।

बिहीबार भएको दोस्रो खेलमा एनआरटीले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० ले हरायो । र, शिर्ष चारमा स्थान बनाउन सफल भयो । दशरथ रंगशालामा भएको खेलमा एनआरटीका लागि राजेश परियार नायक बने ।

एनआरटीको जितमा दुवै गोल परियारको नाममा रह्यो । साथै, दुवै गोल उनले बक्स भित्रबाट आकर्षक रुपमा गरे । पहिलो गोल राजेशले ३०औं मिनटमा गरे । त्यस्तै दोस्रो गोल ५२औं मिनटमा बक्स भित्रैबाट आकर्षक रुपमा गर्दै टोलीलाई तीन अंक दिलाए ।

यो जितपछि ९ खेलबाट १५ अंक जोडेको एनआरटी चौथो स्थानमा पुगेको छ । र, शिर्ष स्थानमा रहेको आर्मी भन्दा पाँच अंकले पछि छ । उता पराजित बीबीसी भने ८ अंकका साथ ११औं स्थानमा छ ।

Post Comments