News
प्रथम बिग बुद्ध कप माघ ९ गतेदेखि

सुनवल । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बिग बुद्ध क्लब, सुनवल–६, विसासय, नवलपरासीको आयोजनामा आउँदो माघ ९ गतेदेखि प्रथम बिग बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।
सुनवल–६ विसासय स्थित बिग बुद्ध खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिताका लागि माघ ७ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । दर्ता शुल्क भने ७ हजार ५ सय तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५ ह जार हात पार्नेछ भने उपविजेताले ६१ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments