News पाँचौं टुबोर्ग आङ्गबुरा कप पुरुष तथा महिला फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

धर्मदेवी । न्यु युवा क्लब, धर्मदेवी नगरपालिका–७, संखुवासभाको आयोजनामा यहि पौष २८ गतेदेखि पाँचौं टुबोर्ग आङ्गबुरा कप सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

धर्मदेवी नगरपालिका–७, स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भईसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगिताको खेलतालिका पनि आयोजकले सार्वजनिक गरेको छ ।

पुरुषतर्फ प्रतियोगिताको उद्घाटन खेलमा पौष २८ खाँदबारी युथ क्लब, खाँदबारी र किरणज्योति युवा क्लब, चैनपूर भिड्ने छन् । माघ १ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार १ सय ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

महिला फुटबलतर्फ चार टोलीहरु

त्यस्तै प्रतियोगिता अन्तरगत महिला फुटबलतर्फ चार टोलीहरु सहभागि छन् । प्रतियोगिता भने पौष २६ गतेदेखि शुरु हुनेछ । उद्घाटन खेलमा आयोजक न्यु युवा क्लब र डाँडागाउँ सक्रिय क्लब भिड्ने आयोजकले जनाएको छ ।

महिलातर्फ प्रतियोगिताको विजेताले उपाधिसहित २० हजार १ सय ५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १२ हजार १ ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला फुटबलको फाइनल खेल पनि माघ १ गतेका दिन नै हुनेछ ।

Post Comments