News मच्द्धिन्द्रका लागि रजिनको गोल निर्णायक
गोलनेपाल

कठिन जितका साथ शिर्ष स्थानमा उक्लियो मच्छिन्द्र

काठमाडौं (खेलदैनिक) । कठिन जित निकाल्दै मच्छिन्द्र क्लब जारी ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक दोस्रो खेलमा मच्छिन्द्रले एपिएफ क्लबलाई २–१ ले हरायो ।

खेलमा शुरुवाती अग्रता भने एपिएफले लिएको थियो । खेलको ४३औं मिनटमा रमेश दंगलले गोल गर्दै विभागीय टोलीलाई खेलमा अग्रता दिलाए । यद्यपि मध्यान्तर लगतै ४७औं मिनटमा बिशाल राई बी ले मच्छिन्द्रका लागि बराबरी गोल गरे ।

खेल रोमाञ्चक बराबरीतर्फ नै लम्कि रहेका बेला एपिएफका खेलाडीले मच्छिन्द्रको पिटर सेगुनलाई बक्स भित्र फल गरेपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ७८औं मिनटमा रजिन धिमालले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै १० खेलबाट २२ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा उक्लिएको छ । र, दोस्रो स्थानमा रहेको आर्मी भन्दा १ अंकले मात्र अगाडी छ । यद्यपि आर्मीले एक खेल कम खेलेको छ । उता पराजित एपिएफ भने ५ अंकका साथ १३औं स्थानमा छ र रेलिगेशन क्षेत्रको टोली सरस्वती भन्दा १ अंकले मात्र अगाडी छ ।

Post Comments