News संकटाले गर्यो चार खेलहरुसँग सम्झौता नवीकरण
गोलनेपाल

काठमाडौं । नयाँ सिजनका लागि आफ्नो टोली थप बलियो बनाउने योजनामा रहेको संकटा क्लबले चार खेलाडीहरुसँगको सम्झौता नवीकरण गरेको छ । क्लबले नियमित कप्तान सरोज दहालसँगै अनुभवी डिफेन्डर रवी सिलवाल, गणेश हमाल र दिपेन्द्र बिकसँगको सम्झौता नवीकरण गरेको हो ।

यी चारै खेलाडीहरुसँगको सम्झौताबारे संकटाले आफ्नो आधिकारिक पेजमाफृत जानकारी गराए तापनि खेलाडीहरुसँगको सम्झौता अवधी र पारिश्रमिकबारे भने खुलाएको छैन ।

स्मरण रहोस, संकटाले नयाँ सिजन कै लागि भनेर राष्ट्रिय टोलीका गोलरक्षक टिकेन्द्र थापा, मिडफिल्डर सुरज जियु ठकुरी, सुनिल बल, मनिष डाँगी, निशान खड्का जस्ता खेलाडीहरुलाई पनि अनुवन्ध गरेको छ ।

यस वर्षको शहिद स्मारक ए डिभिजन लिग आउँदो माघ १९ गतेदेखि शुरु हुँदैछ । लिगअन्तरगत संकटाले आफ्नो पहिलो खेल फागुन २१ गतेका दिन त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ ।

Post Comments