News
दुधौली मेयर कपको तयारी पूरा (खेलतालिकासहित)
सिन्धुली । दुधौली नगरपालिका, सिन्धुलीको आयोजनामा यही माघ १५ गतेदेखि शुरु हुन गईरहेको दुधौली मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
दुधौली स्थित बहुमुखी क्याम्पस खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा वार्ड नम्बर ६ र १ भिड्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्ने खेल संयोजक रामशरण थापाले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक थापाले बताए ।
दुधौली नगरपालिकाका कुल १४ वार्डका टिमहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही माघ २३ गतेका दिन हुने पनि संयोजक थापाले जानकारी दिए ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न