News इटहरी सुनसरी लियो क्लबलाई इन्टर लियो फुटसलको उपाधि
जनम बराल

इटहरी । यहाँ सम्पन्न इन्टर लियो फुटसल प्रतियोगिताको उपाधि इटहरी सुनसरी लियो क्लबले जितेको छ । फाइनलमा बुढासुब्बा लियोलाई २–१ ले हराउँदै इटहरी सुनसरी लियो च्याम्पियन बनेको हो ।

फाइनल खेलको म्यान अफ द म्याच लबिश गुरुङ्ग घोषित भए । उत्कृष्ट गोलरक्षक इटहरी सुनसरी लियोका केविन मगर चुनिए । त्यसवापत उनले नगद २ हजार र ट्रफी हात पारे ।

सर्वाधिक गोलकर्ताको पुरस्कार इटहरी सुनसरी लियो कै सजिवन राई र सनम गुरुङ्गले संयुक्त रुपमा हात पारे । पुरस्कार वापत प्राप्त नगद २ हजार उनीहरुले आपसमा बाँडे ।

त्यसैगरी उदीयमान खेलाडी पनि इटहरी सुनसरी लियो कै युकेश लिम्बु घोषित भए । त्यसवापत उनले नगद १५ सयका साथ ट्रफी हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी इटहरी सुनसरीका सजिवन राई घोषित भए । त्यसवापत उनले नगद ३५ सय र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लायन्स डिस्ट्रिक्ट काउन्सील ३२५ सी का डिस्ट्रिक्ट गभर्नर लायन धिरज गुरुङ्ग लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा क्लासिक प्लाई रहेको थियो भने सह–प्रायोजकमा एक्सेस एजुकेशन, बिराटनगर रहेका थिए । जसमा खोटाङ्गे ड्राईभिङ्ग सेन्टर, इटहरीको पनि विशेष सहयोग रहेको थियो ।

Post Comments