News आयोजक सुस्ता–११ फाइनलमा
सुरज राना मगर

नर्सही । साँघुरो र रोमाञ्चक जितका साथ आयोजक सुस्ता–११ यहाँ जारी तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुस्ता–४ नर्सही स्थित स्थानीय खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा साविक विजेता अभिषेक चर्च, रजहरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सुस्ता फाइनलमा प्रवेश गरेको हो । घरेलु टोलीका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका ज्याक गुराउले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच भने आयोजक सुस्ता कै आश गुरुङ घोषित भए । आयोजक सुस्ताले अब फाइनलमा माघ २१ गतेका दिन राईजिङ्ग स्टार, भुमहीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक समराज गुरुङ्गले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा सुस्ता–४ को कार्यालय नर्सहीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त प्रचार प्रसार संयोजक सरोज गुरुङ्गले बताए ।

Post Comments