News राजर्षि जनक कपमा प्रवेश निःशुल्क
गोलनेपाल

बागमती । बुधबारदेखि बागमती नगरपालिका, सर्लाहीमा शुरु प्रतिष्ठित सातौं राजर्षि जनक कपमा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ । बागमती नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले दर्शकहरुका लागि सेमिफाइन र फाइनल अघिका सबै खेलहरुमा प्रवेश निःशुल्क गरिएको जानकारी दिए ।

संयोजक मेनालीका अनुसार बागमती नगरका फुटबलप्रेमी दर्शकहरुलाई गृहनगर मै भएको यो प्रतिष्ठित प्रतियोगिता प्रत्यक्ष अवलोकन गर्न र प्रतियोगितालाई सबैसामू सहज र लोकप्रिय बनाउन यो निर्णय लिइएको बताए । संयोजक मैनाली भन्छन्, ‘फुटबल सबैका लागि सहज र सरल होस भन्ने हाम्रो बुझाई र ठम्याई छ । प्रतियोगिताको सबैले स्वस्थ मनोरञ्जन लिन पाउनुपर्छ ।’

बागमती युवा क्लब, सर्लाहीको आयोजना तथा बागमती नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments