News एभनिरलाई दोस्रो बर्दिबास मेयर गोल्डकपको उपाधि
गोलनेपाल

बर्दिबास । दोस्रो बर्दिबास मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि एभनिर एफसी, क्यामरुनले जितेको छ । फाइनलमा धरान फुटबल क्लबलाई शून्यका विरुद्ध ७ गोलको फराकिलो अ न्तरले हराउँदै एभनिर च्याम्पियन बनेको हो ।

एभनिरको जितमा फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिएका रिचार्ड विल्सन एक्लैले पाँच गोल गरे । त्यस्तै थप दुई गोल शाबाले गरे । फाइनलमा ह्याट्रिक सहित पाँच गोल गरेका विल्सन सर्वाधिक गोलकर्ता पनि चुनिए । त्यस्तै जोए अल्डु प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

बर्दिबास नगर खेलकुद विकास समिति, महोत्तरीको आयोजनामा भएको प्रतियोगिताको विजेता एभनिरले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता धरानले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

Post Comments