
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित तथा महत्वपूर्ण सदस्य गीता रानाको घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । केही दिन अघि सम्पन्न भारत विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका क्रममा चोटिल बनेकी गीताले लामो समय मैदान बाहिर बस्नुपर्ने निश्चित छ ।
स्मरण रहोस, नेपालले भारतसँग उसकै घरेलु मैदानमा दुई मैत्रीपूर्ण म्याच खेलेको थियो । पहिलो खेलमा २–२ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।
साथै केही मै हुन गईरहेको एएफसी ओलम्पिक छनौटमा पनि गीताले नखेल्ने सम्भावना प्रबल छ । अप्रिल पहिलो सातादेखि हुन गईरहेको ओलम्पिक छनौटतर्फ नेपाल समूह सी मा परेको छ । जहाँ नेपालले बलियो भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाईनसँग प्रतिस्पर्धा गर्नेछ ।
क्लब फुटबलमा एपिएफका लागि खेल्ने गीताले लामो समय आराम गर्नुपर्ने बताइएको छ । उनलाई पूर्ण फिट हुन समय लाग्ने भएकाले उनी सक्रिय फुटबलमा केही समय टाढै रहने अनुमान गरिएको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय