News पाँचौं भोजपुर मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)
गोलनेपाल

भोजपुर । भोजपुर जिल्ला फुटबल संघ, भोजपुरको आयोजनामा आजदेखि पाँचौं मेयर कप महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भोजपुर वार्ड नम्बर १० र द सेभेन युथ क्लब, धनकुटा भिड्ने आयोजकले जानकारी दियो । कुल सात टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १४ गतेका दिन हुनेछ ।

भोजपुर नगरपालिका, भोजपुरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।

 

Post Comments