News
महिला फुटबलको ओलम्पिक छनौट नेपाल मै हुने

काठमाडौं । सनु २०२४ मा फ्रान्सको पेरिस शहरमा हुने ओलम्पिकको महिला फुटबलतर्फ एसियाली छनौटको आफ्नो समूहको खेलहरु नेपालले आयोजना गर्ने भएको छ । छनौट प्रतियोगिता अन्तरगत समूह सी मा रहेको नेपालसँगै भियतनाम, अफगानिस्तान र प्यालेस्टाईन छन् ।
नेपालले महिला फुटबलतर्फ ओलम्पिक छनौट प्रतियोगिताको आयोजना अधिकार पहिलोपटक पाएको हो । नेपालले आयोजना अधिकार पाएको छनौट प्रतियोगिता आउँदो चैत महिनामा हुने कार्यक्रम छ ।
आयोजना अधिकारबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले पुष्टी गरेका छन् । यसअघि छनौट प्रतियोगिता तटस्थ मैदानमा गर्ने एएफसीले बताए तापनि एन्फाले नेपालमा आयोजना गर्नका लागि एएफसीसँग प्रस्ताव गरेको थियो । सोही अनुरुप नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको महासचिव राईले बताए ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय