News ए डिभिजन लिगः उद्घाटन खेलमै नवआगन्तुक टोली खुमलटारको सनसनी
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि शुरु बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिगमा नवआगन्तुक टोली खुमलटार फुटबल क्लबले सनसनीपूर्ण जितका साथ लिगको शुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको रोमाञ्चक उद्घाटन खेलमा खुमलटारले फ्रेण्डस क्लबमाथि १–० को झिनो अन्तरको जित निकाल्यो र तीन अंक पक्का गर्यो ।

बराबरीतर्फ लम्किरहेको खेलको ८९औं मिनटमा मेसुके ओलुमुले गरेको एक मात्र गोल खुमलटोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो । निर्णायक गोलकर्ता मेसुके म्यान अफ द म्याच चुनिए । उनलाई उद्घाटन कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगद १० हजार र ट्रफीसहित पुरस्कृत गरे ।

लिग अन्तरगत फागुन २० गते तीन खेलहरु हुनेछन् । नेपाल पुलिस क्लब र चर्च ब्वाईट युनाइटेडले दिनको २ः३० बजेदेखि च्यासल स्टेडियममा प्रतिस्पर्धा गर्नेछन् भने सोही समयमा एपिएफ र थ्रीस्टार क्लब दशरथ रंगशालामा भिड्ने छन् । त्यस्तै दशरथ रंगशाला मै हुने बेलुका ५ः३० बजेको खेलमा मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लब आमने सामने हुनेछन् ।

Post Comments