News सुनिल बलको पनि रोजाई बन्यो अष्ट्रेलिया
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका महत्वपूर्ण सदस्य सुनिल बलले पनि अन्तिममा आएर विदेशलाई नै आफ्नो गन्तव्य बनाएका छन् । सुनिल सोमबार मात्रै सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

भर्खरै शुरु भएको बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार मात्र संकटा क्लबको कप्तानी गर्दै आर्मी विरुद्ध मैदानमा उत्रिएका सुनिलले सबैलाई आश्चर्यमा पार्दै विदेश पलायनको बाटो रोजेका हुन् ।

नेपाली फुटबलमा खेलाडीहरुको भविष्य अनिश्चित भएको भन्दै अधिकांश राष्ट्रिय फुटबल खेलाडीहरु विदेश पलायन भईसकेका छन् । जसमा अष्ट्रेलिया जाने खेलाडीहरुको सूची नै लामो भईसकेको छ । त्यसमा राष्ट्रिय फुटबल टोलीमा राम्रो स्थान बनाईसकेका खेलाडीहरु पनि सामेल छन् ।

यसअघि राष्ट्रिय टोलीका नियमित सदस्यहरु बिशाल राई, सुमन अर्याल, आशिष लामा, तेज तामाङ, दिनेश राजवंशी, सन्तोष तामाङ जस्ता खेलाडीहरुले पनि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाईसकेका छन् ।

खेलाडीहरुको विदेश पलायन हुने यो सूची अझै लम्बिने पनि धेरैको अनुमान र बुझाई छ ।

Post Comments