News
पोखरी मावि छातेलाई अध्यक्ष कप महिला फुटबलको उपाधि
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको महिलातर्फको उपाधि पोखरी मावि छातेले रक्षा गरेको छ ।
फेदाप खेलकुद विकास समितिलाई १-० गोलले पराजित गर्दै छातेले उपाधि रक्षा गरेको हो ।
आज भएको फाइनल खेलमा छातेका लागि मनिता कन्दाङ्वाले गरेको गोल नै उपाधि रक्षाका लागि निर्णायक सावित भयो ।
खेलको ५औँ मिनेटमा मनिताले फेदापविरुद्ध गोल गरेकी थिइन् ।
प्रतियोगिताको विजेता छातेले नगद ६० हजार र रनिङ ट्रफी पाएको छ भने उपविजेता फेदापले नगद ४० हजार र ट्रफीमा चित्त बुझायो ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि