तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको उपाधि फेदाप खेलकुद विकास समितिले जितेको छ ।
स्पर्धी आठराई गाउँपालिकाको ए टिमलाई २-० गोलले पराजित गर्दै फेदापले उपाधि रक्षा गरेको हो ।
आज भएको फाइनल खेलमा फेदापका लागि पहिलो हाफको २३औँ मिनेटमा सन्देश फोम्बोले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै खेलको ५३औँ मिनेटमा रेमन लिम्बूले थप गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । विजेता फेदापले नगद १ लाख ५० हजारसहित रनिङ कप हात पारेको छ ।
उपविजेता आठराई गाउँपालिकाले नगद १ लाख र ट्रफीमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक संगीन लिम्बू घोषित भए भने निशान लिम्बू उत्कृष्ट खेलाडी बने । सर्वाधिक गोलकर्ता नव कोपिला युवा क्लबका विजय गिरी बने । उनले २ खेलमा ५ गोल गरेका थिए ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि