News तरहरा भेट्रानलाई उपाधि
गोलनेपाल

दुधे । तेस्रो कर्ण बहादुर नेम्वाङ स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि तरहरा भेट्रान एफसीले जितेको छ । फाइनलमा आयोजक दुधे भेट्रान क्लबलाई ४–१ को अन्तरले हराउँदै तरहरा च्याम्पियन बनेको हो ।

तरहराको जितमा सन्तोष राईले ह्याट्रिक गर्दा थप एक गोल सन्तोष बस्नेतले गरे । उता पराजित दुधेका लागि भिष्म खरेलले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

विजेता बनेको तरहरा भेट्रानले उपाधिसहित नगद १ लाख १ हजार हात पार्यो भने उपविजेता आयोजक दुधे भेट्रानले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

दुधे भेट्रान क्लब, झापाको आयोजनामा भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments