News लिगमा आज आर्मी र मच्छिन्द्रबीचको हेभिवेट भिडन्त
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार दुई हेभिवेट टोली त्रिभुवन आर्मी फुटबल क्लब र साविक विजेता मच्छिन्द्र फुटबल क्लब आमने सामने हुँदैछन् ।

लिगको पहिलो खेलमा दुवै टोलीको प्रदर्शन अपेक्षाकृत रहेन । आफ्नो पहिलो खेलमा आर्मीले संकटासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो भने मच्छिन्द्रले जावलाखेलको हातबाट १–३ को हार बेहोरेको थियो ।

च्यासल स्टेडियममा दिनको २ः३० बजेदेखि शुरु हुने यी दुई टोलीबीचको हेभिवेट भिडन्तमा दुवै टोलीको नजर निश्चित जित र तीन अंकमा हुनेछ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा हुने अर्को खेलमा जावलाखेल युथ क्लब र न्युरोडटिम (एनआरटी) पनि भिड्ने छन् । जुन खेल पनि दिनको २ः३० बजेदेखि शुरु हुनेछ ।

 

Post Comments