News तेस्रो भरतपुर–२४ गोल्डकप शुरु, स्टार स्पोर्टसको विजयी शुरुवात
गोलनेपाल

नयाँबस्ती । बुधबारदेखि शुरु तेस्रो भरतपुर–२४ गोल्डकप नकआउट फुटबल प्रतियोगितामा स्टार स्पोर्टस क्लब, माडीले विजयी शुरुवात गरेको छ । सिद्धार्थ माविको खेलमैदानमा भएको उद्घाटन खेलमा स्टार स्पोर्टसले आयोजक भरतपुर–२४ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

स्टार स्पोर्टसको जितमा जमिर मियाँले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता मियाँ नै खेलको म्यान अफ द म्याच घोषित भए । यो जितसँगै बाई पाएर सोझै क्वाटरफाइनल खेलेको स्टार स्पोर्टस सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत २ गते बिहीबारको खेल ट्रेनिङ्ग सेन्टर र सी.सी. एभरेष्टबीच हुने आयोजकले जानकारी दियो ।

भरतपुर–२४ युवा तथा खेलकुद विकास समिति, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत ११ गतेका दिन हुनेछ ।

 

Post Comments