News इलाम जिल्ला प्रथम पालिकास्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

नेपालटार । साखेजुङ खेलकुद विकास समिति, इलाम–१, साखेजुङको आयोजनामा यही चैत ३ गतेदेखि शुरु हुन गईरहेको इलाम जिल्ला प्रथम पालिकास्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

नेपालटार माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्ने छन् । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर गोलनेपाल डटकम रहेको छ । साथै सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments