News अभिषेक निर्णायक बन्दा ट्रेनिङ्ग सेन्टर सेमिफाइनलमा
गोलनेपाल

नयाँवस्ती । ट्रेनिङ्ग सेन्टर यहाँ जारी तेस्रो भरतपुर–२४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा ट्रेनिङ्ग सेन्टरले एभरेष्ट एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

सिद्धार्थ माविको खेलमैदानमा भएको खेलमा ट्रेनिङ्ग सेन्टरका लागि अभिषेक दुराले एक मात्र निर्णायक गोल गरे । दुरा नै खेलको म्यान अफ द म्याच घोषित भए र पुरस्कार नगद ३५ सयसहित ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत ३ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल टाईगर चोक र जिएफएबीच हुने आयोजकले जानकारी दियो ।

भरतपुर–२४ युवा तथा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।

Post Comments