News शनिबार दशरथ रंगशालामा क्रिकेटरहरुलाई सम्मान गरिने
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार बेलुका ५ः३० बजे हुने मनाङ मस्र्याङ्दी क्लब र एपिएफ क्लब बीचको खेल अघि राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई सम्मान गरिने भएको छ । लिगको आधिकारिक मिडिया, मार्केटिङ्ग र टिकटिङ्ग पार्टनर रहेको एमीएसी स्पोर्टस प्रा.लि. ले प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी गराएको हो ।

क्रिकेट र फुटबललाई एकसाथ सम्मान र हौसला प्रदान गर्न यो कदम चालिएको एमडीएसी स्र्पोटसका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले बताए । घिमिरेका अनुसार भोलीको खेलमा टिकटबाट प्राप्त हुने सबै रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषलाई प्रदान गरिने पनि उनले बताए ।

स्मरण रहोस, आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तरगत निर्णायक मानिएको खेलमा नेपालले बिहीबार युएईलाई डकवर्थ लुईस नियमका आधारमा हराउँदै जिम्बाब्वेमा हुने एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै छनौट हुन सफल भएको थियो ।

ए डिभिजन लिग अन्तरगत सामान्य प्यारापिटतर्फ १०० र भिआइपीतर्फ ३०० टिकट दर तोकेको छ । साथै दर्शकहरुले टिकट इसेवामार्फत पनि खरिद गर्न सकिने एमडीएसी स्पोर्टसले जनाएको छ ।

(तस्विरः नेपाल क्रिकेट संघ)

Post Comments